काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्रीद्वयको श्रेष्ठ र यादवको भेटवार्ता आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भएको हो ।
उक्त भेटवार्तामा अहिलेको देशको राजनीतिक परिस्थितिबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।‘संघर्षशील शक्तिहरुले यथास्थितिमा आफूलाई नराखेर देशको अहिलेको परिस्थितिलाई सम्बोधन गर्न र सकारात्मक निकास दिन नयाँ पहलकदमी लिनुपर्ने आवश्यकताका बारेमा नयाँ सिराबाट अगाडि बढ्ने बारेमा छलफल भयो,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
सबैले आ–आफ्ना कमजोरीका निम्ति आत्मालोचना गर्दै अहिलेको सन्दर्भमा एकताबद्ध भूमिकाको दिशामा कसरी अगाडि बढ्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेबारे पनि भेटमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ट्रेड युनियन अधिकार सीमित गर्ने प्रयास अस्वीकार्य’ :नारायणकाजी श्रेष्ठ
स्वार्थबाट माथि उठेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध बन्न नारायणकाजी श्रेष्ठको आह्वान
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ