काठमाडौं । भदौ पहिलो साताका लागि तय भएको एकीकृत समाजवादीको केन्द्रीय कार्य समिति बैठक २० दिनपछि सारिएको छ ।
महासचिव घनश्याम भूसालले शनिबार दिउँसो एक सूचना जारी ४ भदौमा स्थायी कमिटी, ५ भदौमा पोलिटब्यूरो र ७–८ भदौमा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएका थिए ।
तर राति अर्को सूचना जारी गरिएको छ । जारी सूचना अनुसार २७–२८ भदौमा केन्द्रीय कार्य समिति बैठक बस्नेछ । त्यसअघि २५ गते स्थायी कमिटी र २६ भदौ पोलिट्ब्यूरो बैठक बस्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले बताए । ‘चाडबाडलाई ध्यान दिएर बैठक सारिएको हो’, उपाध्यक्ष ज्वालाले भने ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ साउन २०८२, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय