एजेन्सी । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र बेलायतका विदेशमन्त्री डेभिड लामीले युक्रेन युद्धबारे सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन्।
बीबीसीका अनुसार बैठक शनिबार लन्डननजिकैको केन्टमा रहेको लामीको आधिकारिक निवासमा भएको हो । बैठकमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमरोभ, जेलेन्स्कीका कार्यालय प्रमुख एन्ड्री येर्माक र बेलायत, अमेरिका, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र नेटोका अधिकारीहरू उपस्थित थिए।
उक्त बैठक अमेरिकाको पहलमा बोलाइएको बताइएको छ।बैठकमा युरोपका युक्रेनी अधिकारीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए।लामीले भने, ‘युक्रेनलाई बेलायतको पूर्ण समर्थन छ र हामी न्यायपूर्ण र दिगो शान्तिका लागि काम गरिरहनेछौँ।’
उक्त अभिव्यक्ति युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई आफ्नो कुनै पनि भूमि नदिने बताएका बेला आएको हो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउने शुक्रबार अलास्कामा युक्रेनका विषयमा वार्ता गर्दै छन्।
त्यसअघि जेलेन्स्कीले युक्रेनले आफ्नो जमिन नछाड्ने अडान व्यक्त गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ साउन २०८२, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा