काठमाडौं । एकीकृत समाजवादी पार्टीले पार्टीका तीन तहका बैठक बोलाएको छ । पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको हो ।
पार्टी महासचिव घनश्याम भूसालका अनुसार केन्द्रीय कमिटी बैठक भदौ ७ र ७ गते बोलाइएको छ । बैठक सुकेधारास्थित मिराकल पार्टी भेनुमा हुनेछ । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ । स्थायी कमिटी भदौ ४ गते र पोलिटब्युरो बैठक ५ गते पार्टी केन्द्रीय कार्यालय बस्नेछ ।
सबै बैठक बिहान ११ बजेदेखि सुरु हुनेछन् । पतञ्जलि जग्गा प्रकरणमा पछिल्लो समय अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्ट्राचार मुद्दा दर्ता भएपछि एकीकृत समाजवादीमा समस्या आएको छ ।
मुद्दा दर्ता हुँदा पनि नेपाल पार्टी नेतृत्वमा रहेको भनी प्रश्न उठेपछि विवाद चुलिएको हो । यसै विषयलाई लिएर नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने सम्मानित नेता झलनाथ खनाल र नेपालबीच कडा सवालजवाफ चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ साउन २०८२, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय