काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीलाई सानो भन्न नमिल्ने तर्क गरेका छन्। पार्टीनिकट उद्योग व्यवसायीको अधिवेशनलाई सम्बोधन गर्दै पार्टीले जनताको मन र भावना जित्दै गइरहेको जिकिर गरे।
उनले भने, ‘हाम्रो पार्टीप्रति जनताको आकाङ्क्षा छ, समाजवादी मोर्चामा समस्या खडा भइसकेको थियो, त्यसमा पनि हामीले पहल गर्नुपर्यो। हाम्रो पार्टी अफिसमा बसेर पहल गर्यौँ। सबै आआफ्नो पार्टी काममा मात्रै केन्द्रित भए भन्ने गुनासो थियो।’
उनले मोर्चाले सातै प्रदेशमा गरेको कार्यक्रम स्मरण गर्दै जनतालाई प्रभावित पार्नसक्ने स्थिति रहेको बताए। उनले थपे, ‘जनताको मत जितेपछि उनीहरूको मन जितेर काम गर्यो भने त्यो दिगो हुन्छ। र फैलिँदै जान्छ। यो पार्टीलाई सानो छ भन्छन्, के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ। हामी सानो हो भने एउटा मात्रै सांसद जितेको पार्टीलाई के भन्ने ? महासानो भन्नेरु हामी तीन प्रदेशको त मुख्यमन्त्री नै बनायौँ। बागमती, कोसी र सुदूरपश्चिममा। त्यो बनाएको हैसियत र शक्ति भएरै हो। उथलपुथल गर्न सक्यो भने मात्रै काम लाग्ने हो, हामीले त्यो क्षमता राख्छौँ।’
उनले बजारको हल्लापछि नगाली पार्टी निर्माणको काममा लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश