काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ । १६ साउनदेखि १९ साउनसम्म काठमाडौँमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
‘बैठकले ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरिएको छ,’ माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरमा उल्लेख छ ।
यस्तै बैठकले समाजवादी मोर्चामा आबद्ध अन्य पार्टीहरू लगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरेको सर्कुलरमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)