काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ । १६ साउनदेखि १९ साउनसम्म काठमाडौँमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
‘बैठकले ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरिएको छ,’ माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरमा उल्लेख छ ।
यस्तै बैठकले समाजवादी मोर्चामा आबद्ध अन्य पार्टीहरू लगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरेको सर्कुलरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १४ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन