वासिङ्टन डीसी । हालैका दिनमा अमेरिकाले रुससँग कच्चा तेल किनेको मामिलामा भारतलाई निशाना बनाइरहेको छ । यसैबिच भारतले पनि अमेरिकाले रुसबाट किनिरहेको रसायन र किटनाशक औषधिबारे प्रश्न उठाएपछि यसबारे आफूलाई केही पनि थाहा नभएको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकाले रुसबाट रसायन र कृषि मल आयात गर्छ भन्ने कुराको आफूलाई कुनै जानकारी नभएको ट्रम्पले मंगलबार भनेका हुन् ।
ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनको क्रममा एएनआईले अमेरिकामा रुसी रसायन र मलको आयातबारे सोधेको थियो । यसको जवाफमा ट्रम्पले भने– ‘मलाई यसबारे केही पनि थाहा छैन । हामीले यसको अनुसन्धान गर्नुपर्नेछ ।’ एएनआईले राष्ट्रपतिको प्रेस टोलीलाई सम्पर्क गरेको र जवाफ आइनसकेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।
भारतले रुससँग तेल किनिरहे अमेरिका भित्रिने भारतीय सामानमा कर व्यापक बढाउने घोषणा ट्रम्पले गरेको एक दिनपछि यो टिप्पणी आएको हो । भारतले ठुलो मात्रामा रुसी तेल किनिरहेको अनि यसरी किनिएको तेल खुला बजारमा ठुलो नाफा खाएर बेचिरहेको ट्रम्पको आरोप थियो ।
‘युक्रेनमा रुसी युद्ध मेसिनबाट कति जना मानिस मारिएका छन् भन्ने कुराको उनीहरूलाई वास्ता छैन । त्यसैले म भारतले अमेरिकालाई बुझाउने ट्यारिफमा उल्लेख्य वृद्धि गर्नेछु । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ....’ उनले भनेका थिए । ट्रम्पको यस अभिव्यक्तिको भारतले कडा विरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ साउन २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?
इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै