वासिङ्टन डीसी । हालैका दिनमा अमेरिकाले रुससँग कच्चा तेल किनेको मामिलामा भारतलाई निशाना बनाइरहेको छ । यसैबिच भारतले पनि अमेरिकाले रुसबाट किनिरहेको रसायन र किटनाशक औषधिबारे प्रश्न उठाएपछि यसबारे आफूलाई केही पनि थाहा नभएको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकाले रुसबाट रसायन र कृषि मल आयात गर्छ भन्ने कुराको आफूलाई कुनै जानकारी नभएको ट्रम्पले मंगलबार भनेका हुन् ।
ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनको क्रममा एएनआईले अमेरिकामा रुसी रसायन र मलको आयातबारे सोधेको थियो । यसको जवाफमा ट्रम्पले भने– ‘मलाई यसबारे केही पनि थाहा छैन । हामीले यसको अनुसन्धान गर्नुपर्नेछ ।’ एएनआईले राष्ट्रपतिको प्रेस टोलीलाई सम्पर्क गरेको र जवाफ आइनसकेको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् ।
भारतले रुससँग तेल किनिरहे अमेरिका भित्रिने भारतीय सामानमा कर व्यापक बढाउने घोषणा ट्रम्पले गरेको एक दिनपछि यो टिप्पणी आएको हो । भारतले ठुलो मात्रामा रुसी तेल किनिरहेको अनि यसरी किनिएको तेल खुला बजारमा ठुलो नाफा खाएर बेचिरहेको ट्रम्पको आरोप थियो ।
‘युक्रेनमा रुसी युद्ध मेसिनबाट कति जना मानिस मारिएका छन् भन्ने कुराको उनीहरूलाई वास्ता छैन । त्यसैले म भारतले अमेरिकालाई बुझाउने ट्यारिफमा उल्लेख्य वृद्धि गर्नेछु । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ....’ उनले भनेका थिए । ट्रम्पको यस अभिव्यक्तिको भारतले कडा विरोध गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ साउन २०८२, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक