काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
शनिबार बेलुका दुबै जनाले मदिरा पिएको र त्यसपछि विवाद भएपछि हत्या गरेको पाइएको एसएसपी अधिकारीको भनाइ छ । निरजले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले नै श्रीमान निरजलाई घेरा हालेर राखेको अवस्थामा प्रहरी पुगेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै