काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
शनिबार बेलुका दुबै जनाले मदिरा पिएको र त्यसपछि विवाद भएपछि हत्या गरेको पाइएको एसएसपी अधिकारीको भनाइ छ । निरजले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयले नै श्रीमान निरजलाई घेरा हालेर राखेको अवस्थामा प्रहरी पुगेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ साउन २०८२, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ
सिन्धुलीमा श्रीमतीले गरिन् श्रीमानको हत्या