वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रुससँग भारतको सम्बन्धबारे प्रतिक्रिया दिएका छन् । ‘भारतले रुससँग के गर्छ भन्ने मलाई कुनै मतलब छैन’ ट्रम्पले भनेका छन् । यसअघि ट्रम्पले बुधबार अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानहरूमा २५ प्रतिशत कर लगाइने घोषणा गरेका थिए । साथै उनले रुसबाट हतियार र तेल खरिद गर्दा भारतविरुद्ध थप आयात शुल्क लगाउने बारेमा पनि कुरा गरेका थिए ।
‘भारतले रुससँग के गर्छ मलाई मतलब छैन । यदि तिनीहरू बर्बाद हुँदै गइरहेको आफ्नो अर्थतन्त्रलाई एकसाथ डुबाउन चाहन्छन् भने डुबाउन मलाई कुनै मतलब छैन’ ट्रम्पले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोसलमा लेखेका थिए ।
पोस्टमा उनले पूर्वरुसी राष्ट्रपति मेदवेदेवलाई ट्रम्पले असफल राष्ट्रपतिको संज्ञा दिए । मेदवेदेवले अझै पनि आफूलाई राष्ट्रपति नै ठान्ने भन्दै ट्रम्पले ‘आफ्ना शब्दमा ध्यान देऊ’ भनेर कसैले उनलाई भन्नुपर्ने पनि बताए । उनले निकै खतरनाक जमिनमाथि कदम राखिरहेको चेतावनी पनि ट्रम्पले दिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ साउन २०८२, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
ग्रीनल्याण्ड कब्जा गर्ने ट्रम्पको चेतावनी
इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयार : ट्रम्प
शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यक : ट्रम्प
ट्रम्पले फिर्ता बोलाए नेपालसहित ३० देशका राजदुत