काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वलाई जनताले स्वीकार गर्दा पनि व्यक्तिगत आरोप लगाएर कमजोर गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी सार्वजनिक रूपमै सतहमा आएको बेलामा पुनले यस्तो बताएका छन्। माओवादी केन्द्रले तयार पारेको भिडियो अन्तर्वार्तामा उनले भनेका छन्, ‘पार्टीभित्र प्रश्न उठेको विषयमा हामी देशव्यापी रूपमा परामर्श बैठक पनि गर्यौँ ठुलो जनवादको अभ्यास गर्यौँ पार्टी केन्द्रीय कार्यालयमा पनि हामी झन्डै हप्ता दिन जति बहस गरेर जसलाई जे विषयमा बोल्न मन लागे पनि बोल्ने पार्टीको कार्यदिशा, नेतृत्वबारेमा झन्डै-झन्डै दुई घण्टा, अढाई घण्टासम्म पनि एकै जना साथीले बोल्नुभयो।’
उनले त्यसपछि स्थायी समितिको फेरि झन्डै एक हप्ता बैठक बसेको र त्यो बैठकमा पनि सबैले आआफ्नो कुरा राखेको बताए।उनले थपे, ‘केन्द्रीय समिति ठुलो भयो, समय पाउँदैन, हप्तौँ दिन लाग्ने भएपछि प्रदेश-प्रदेशमा गएर केन्द्रीय सदस्यहरू, सल्लाहकारहरू, केन्द्रीय तहका पदाधिकारीहरू र प्रदेश पदाधिकारीहरूको बीचमा खुल्ला छलफल भयो। त्यसरी हामी छलफल गरेपछि त्यो बैठकसम्म आइपुग्दा एक खालको फेरि एकता पनि पैदा भएको थियो।
पार्टीभित्र भएको संश्लेषण, अनुभवलाई लिएर तराई मधेस जागरण अभियान र पहाडी लोकमार्ग केन्द्रित अभियान चलाएपछि पार्टीप्रति जनतामा उत्साह पैदा भएको पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ साउन २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन : वर्षमान पुन
प्रचण्डकाे राजनीतिको ब्राण्ड भ्यालु राम्रो छ: वर्षमान पुन
स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी छ : वर्षमान पुन
ओली निरङ्कुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस: वर्षमान पुन
मौद्रिक नीति संयमित खालको ल्याउनुपर्छ : वर्षमान पुन
सिनेट बैठक किन रोकेको ? भन्दै प्रधानमन्त्रीलाई वर्षमानको प्रश्न