काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई कमजोर बनाउने गरी बाहिर ल्याउनु राम्रो नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रसँगको भिडियो अन्तर्वार्तामा पुनले पार्टीभित्र आन्तरिक जनवादको राम्रो अभ्यास भएको जिकिर गरे ।
‘पदाधिकारी, स्थायी समिति बैठकमा अढाई घण्टासम्म पार्टीको कार्यदिशा र नेतृत्वबारे बहस भयो । परामर्श बैठक हुँदै केन्द्रीय समितिमा आइपुग्दा एक खालको एकता पनि पैदा भयो । पार्टी रूपान्तरणका लागि व्यवहारमै हेरौँ भनेर हामी ६ महिना अभियानमा गयौँ । यसले जनतामा माओवादी उत्साह पैदा भइरहेको थियो’, उनले भने, ‘पार्टीभित्र पर्याप्त जनवाद, छलफल गर्ने अनि फेरि आफ्नो कुरा बाहिर पनि राख्ने राम्रो भएन । यसले पार्टीभित्र अराजकता ल्याउँछ, अनावश्यक गुटबन्दी हुन्छ । नेतृत्वले राम्रो गर्दा राम्रो भन्न सक्नुपर्छ ।’
अर्का उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै उनले सबैतिर राम्रो भनिरहेको अवस्थामा नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिचको विवाद सार्वजनिक रूपमा छताछुल्ल भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०८२, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन
नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो : वर्षमान पुन
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन