काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई कमजोर बनाउने गरी बाहिर ल्याउनु राम्रो नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रसँगको भिडियो अन्तर्वार्तामा पुनले पार्टीभित्र आन्तरिक जनवादको राम्रो अभ्यास भएको जिकिर गरे ।
‘पदाधिकारी, स्थायी समिति बैठकमा अढाई घण्टासम्म पार्टीको कार्यदिशा र नेतृत्वबारे बहस भयो । परामर्श बैठक हुँदै केन्द्रीय समितिमा आइपुग्दा एक खालको एकता पनि पैदा भयो । पार्टी रूपान्तरणका लागि व्यवहारमै हेरौँ भनेर हामी ६ महिना अभियानमा गयौँ । यसले जनतामा माओवादी उत्साह पैदा भइरहेको थियो’, उनले भने, ‘पार्टीभित्र पर्याप्त जनवाद, छलफल गर्ने अनि फेरि आफ्नो कुरा बाहिर पनि राख्ने राम्रो भएन । यसले पार्टीभित्र अराजकता ल्याउँछ, अनावश्यक गुटबन्दी हुन्छ । नेतृत्वले राम्रो गर्दा राम्रो भन्न सक्नुपर्छ ।’
अर्का उपमहासचिव जनार्दन शर्माप्रति लक्षित गर्दै उनले सबैतिर राम्रो भनिरहेको अवस्थामा नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिचको विवाद सार्वजनिक रूपमा छताछुल्ल भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ साउन २०८२, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह