घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०८२, १० : ४८
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस