काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान प्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयनमा गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तिमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने उल्लेख गरे ।
नेपालको स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको आरोप लगाए । स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्था अनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले आफूहरूले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताए ।
उनले उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गरे ।
महासंघका अध्यक्ष खेम भण्डारीले संगठन स्थापनाको अवसरमा साताव्यापी रूपमा विविध कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए ।
भण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेश र जिल्ला स्तरमा पनि संगठन स्थापना दिवसका अवसरमान रक्तदान, वृक्षारोपण तथा विद्यालयहरूमा शैक्षिक सामग्री वितरणको कामहरू भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ साउन २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह