काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संविधान प्रदत्त स्वास्थ्यको हकलाई राज्यले जिम्मेवारीपूर्वक कार्यान्वयनमा गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट नेपाल उद्योग व्यापार महासंघले बुधबार चाबहिलमा गरेको कार्यक्रममा नेता पुनले स्वास्थ्य क्षेत्रलाई सरकारले कम्तिमा आधारभूत दायित्वलाई जिम्मेवारीपूर्वक लिनुपर्ने उल्लेख गरे ।
नेपालको स्वास्थ्य क्षेत्रमा बेथिति र बिचौलिया प्रवृत्ति हाबी रहेको आरोप लगाए । स्वास्थ्य क्षेत्रमा संविधानको व्यवस्था अनुसार राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गर्दै पुनले आफूहरूले सरकारमा वा सरकारबाहिर रहँदा पनि यो विषयलाई गम्भीरतापूर्वक लिइरहेको बताए ।
उनले उद्योगी व्यवसायीलाई सामाजिक उत्तरदायित्व पूरा गर्न आग्रह गरे ।
महासंघका अध्यक्ष खेम भण्डारीले संगठन स्थापनाको अवसरमा साताव्यापी रूपमा विविध कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए ।
भण्डारीका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेश र जिल्ला स्तरमा पनि संगठन स्थापना दिवसका अवसरमान रक्तदान, वृक्षारोपण तथा विद्यालयहरूमा शैक्षिक सामग्री वितरणको कामहरू भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ साउन २०८२, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन
नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो : वर्षमान पुन
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन