काठमाडौं । मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत २ भदौयताकै उच्च हो । गत २ भदौमा नेप्से ३ हजार अंक पुगेको थियो ।
कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो ।
२३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढे ।
बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढे ।
तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हुन् । आजको कारोबारपछि टे«ड टावरको मूल्य ५३५ रुपैयाँ ८० पैसा पुगेको छ भने सान्भी इनर्जीको ४७७ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै उन्नति सहकार्य लघुवित्तको ९.९०, विन्ध्यबासिनी हाइड्रोपावरको ९.७६, सोनापुर सिमेन्टको ८.७७, इनिफिनिटी लघुवित्तको ८.३६ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजुको २.४६, ग्रिन डेभलपमेन्ट बैंकको २.१९ तथा पन्चकन्या माइ हाइड्रोपावरको २.०३ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप छन् । बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बजारको यो आकार हालसम्मकै ठूलो हो । बजार बढ्दै जाँदा अब पूँजीकरणमा दिनदिनै नयाँ रेकर्ड बन्दै जानेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार
यो साता ५ प्रतिशत बढ्यो बजार
सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
नेप्से २७९४ अंकमा, १४ अर्बको कारोबार
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !