काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सहमतिभन्दा बाहिर गएर निजामती विधेयकबाट कुलिङ पिरियड हटाउन राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेकोप्रति आपत्ति जनाएका छन्।
बिपी कोइराला ४३औँ स्मृति दिवसको अवसरमा बिपी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यस्तै सहमतिभन्दा बाहिर चलिरहे दुई दलबीचको सहकार्यमा दरार आउने चेतावनी दिए।
उनले भूमि विधेयक हतारोमा पारित गर्न खोजेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘भूमि विधेयक हतारोमा लटरपटर गरेर हुँदैन। गहन छलफल गरेर समितिमा लगेर दुइटा दलहरुबीचको विमतिलाई पनि घटाएर जानुपर्छ। छलफल बहस र विमति राख्छ र सँगसँगै सहकार्य परेर पनि जान्छ।’
उनले यो दुई विषयमा प्रधानमन्त्री गम्भीर हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा