काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । मङ्गलबार महिला तथा सामाजिक मामिला समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगसँग छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ साउन २०८२, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगको बैठक बस्दै
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
सञ्चारमन्त्रीले बोलाए बैठक, फेसबुकलगायत समाजिक सञ्जाल बन्दको गराउँलान् निर्णय ?
नेपाल र भियतनामका उपराष्ट्रपतिबीचको द्विपक्षीय बैठक
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक