काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबारका लागि निर्धारण गरिएको छ । बुधबार प्रतितोला २ लाख ७७ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०८३, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?