काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी नेतृत्व र आफूलाई राज्यको उपल्लो पदमा पुर्याउने संस्थासँग छलफल नगरी एकतर्फी घोषणा गर्दा समस्या उत्पन्न भएको बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्किने, सदस्यता नवीकरण गरिसकेको र एमालेको अध्यक्ष बन्नका लागि फर्किएको जस्ता अभिव्यक्ति दिएकोमा ज्ञवालीले एकतर्फी घोषणा भनेका हुन् ।
यसबारेमा पार्टी अध्यक्षसँग भण्डारीले पहिले नै छलफल गरेको भए राम्रो हुने ज्ञवालीले बताए । उपमहासचिव ज्ञवालीले अहिले विद्या भण्डारीको सदस्यता नवीकरण रित नपुगेकाले स्थगनको अवस्थामा रहेको र पार्टीले त्यसबारेमा संस्थागत निर्णय गर्ने बताए । उनका अनुसार संस्थागत निर्णयअघि अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग छलफल गर्दैछन् ।
अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबीच आजै एमाले केन्द्रीय कार्यालय च्यासलमा यसैबारेमा छलफल गर्ने तय भएको छ ।उपमहासचिव ज्ञवालीले विद्या भण्डारीलाई सदस्यताबाट बन्चित गर्ने कुनै नियत र उद्देश्य नरहेको तर राष्ट्रपति पदको गरिमा कसले कायम गर्ने भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताए ।
भण्डारीको सदस्यता प्रकरण एमाले विधानको प्राविधिक विषय नभएर राजनीतिक विषयकै रूपमा पार्टीले टुंगो लगाउने ज्ञवालीले प्रष्ट पारे । भण्डारीलाई राजनीतिमा स्थापित गर्नेदेखि राष्ट्रपति पदमा पुर्याउनेसम्म ३ दशक लामो घटनाक्रममा अध्यक्ष ओली र एमालेको संस्थागत योगदान रहेकाले कुनै कदम चाल्नुअघि पार्टीमा संस्थागत ढंगले प्रस्ताव ल्याउनुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ साउन २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'कांग्रेस विशेष महाधिवेशनमा भदौ २४ को विध्वंशप्रति रहस्यमय मौनता देखियो' : प्रदीप ज्ञवाली
कांग्रेसको आन्तरिक विवादप्रति एमाले नेता प्रदीप ज्ञवालीले किन देखाए चासो ?
'एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय' : प्रदीप ज्ञवाली
प्रदीप ज्ञवालीको छुट्टै भेलाप्रति असन्तुष्टि, पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति आश्चर्य
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली