‘हेल्प’ लेखिएको चिर्कटोले बचायो अपहरण गरिएका किशोरको ज्यान

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०८३, १७ : ३०
‘हेल्प’ लेखिएको चिर्कटोले बचायो अपहरण गरिएका किशोरको ज्यान

चितवन । चितवनको नारायणगढबाट अपहरणमा परेका १६ वर्षीय किशोरले आफ्नो ज्यान बचाउन अपनाएको चलाखीपूर्ण जुक्तिका कारण काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई काठमाडौंको नयाँबजारस्थित एक होटलबाट सकुशल उद्धार गरेको छ। 

अपहरणकारीहरूको कडा निगरानी र बन्धक अवस्थाका बीच ती किशोरले कागजको एउटा चिर्कटोमा आफ्नो नाम, बुबाको नाम, ठेगाना र बुबाको मोबाइल नम्बर उल्लेख गर्दै "हेल्प, मेरो नाम...। प्लिज कल पुलिस... (किडन्याप्ड)" भनी लेखेर होटल नजिकैको चउरमा फ्याँकेका थिए।

उक्त चिर्कटो एक सर्वसाधारण (युवक) ले फेला पारेर तुरुन्तै प्रहरीलाई खबर गरेपछि प्रहरीले तत्कालै 'अपरेसन' चलाई उनलाई सकुशल मुक्त गराउन सफल भएको हो।

प्रतिक्रिया दिनुहोस