काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेर दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ साउन २०८२, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो