काठमाडौँ । साताको कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अङ्कले बढेर २७६०.१७ को विन्दुमा पुगेको हो । आज बजारमा ९ अर्ब ४१ करोड १९ लाखको कारोबार भएको छ।
आज अधिकांश कम्पनीको सेयर मूल्य बढेका छन् । आज कारोबारमा आएकामध्ये २०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मात्र घटेको छ ।आज सबै समूहगत परिसूचकमा वृद्धि हुँदा सात वटा समूहका एक प्रतिशतभन्दा धेरै र बाँकीमा सोभन्दा कमको वृद्धि रहेको थियो ।
बजारमा बढे पनि आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेन । सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ८.०८ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार