काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो । श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९/१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो ।
यस प्रतियोगिताको दाबेदारको रूपमा रहेको बंगलादेशले नेपालमाथि एक जितको एड्भान्टेज पाइसकेको छ । अब गोलअन्तरमा आफूलाई बलियो बनाएर बाँकी सबै खेल जितेमा नेपालले उपाधि जित्न सक्छ ।
प्रतियोगितामा बंगलादेश २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने नेपाल र भुटानको समान ३ अंक छ । गोलअन्तरमा अघि रहेको नेपाल दोस्रोमा छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट
एसियन गेम्स छनोट : नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?