काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तीन सुत्रीय माग राखेर प्रदर्शन गरेको छ । सोमबार बिहान बल्खु सडकदेखि कीर्तिपुर उपकुलपति कार्यालयसम्म चक्काजामा गरेको त्रिवि नेविसंघ सभापति विष्णु बडैलाले बताए ।
प्रदर्शनमा नेविसंघ केन्द्रीय सदस्य तथा त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दिपकराज जोशी, नेविसंघ केन्द्रीय सदस्य डन्डीराज जोशी, नेविसंघ त्रिवि समिति बडैला, ताहाचल क्याम्पसका नेविसंघ नेता पुष्पराज बटाला लगायतका विद्यार्थीहरू सहभागी थिए ।
विद्यालय शिक्षा ऐन, सरकार शिक्षक महासङ्घ मुद्दामा बढी केन्द्रित नभई विद्यार्थी र शिक्षाको हितमा केन्द्रित हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक विद्यार्थी प्रतिनिधित्व बिना मान्य नहुने, सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मका नियुक्तिहरु सत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर प्रदर्शन गरिएको त्रिवि स्ववियु अध्यक्ष जोशीले बताए ।
विद्यालय शिक्षा विधेयकको छलफल रोकेकोमा पनि नेविसंघले विरोध जनाएको छ । ‘आवधिक बढुवाको विरुद्धमा कार्यसम्पादन मूल्याङ्कन अङ्क ९० र दरबन्दी मिलान र विद्यालय मर्ज गरिनुपछै’, जोशीले भने ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी संघले विभिन्न ठाउँमा प्रदर्शन गरेको प्रवक्ता सुरज सेजुवालले बताए । ‘विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल विद्यार्थी सङ्घले उपत्यकाका विभिन्न स्थानमा आज विरोध प्रदर्शन गरेको छ’, उनले भने । संघले माग सम्बोधन नभए थप सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० असार २०८२, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
त्रिविद्वारा अतिक्रमित सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न निर्देशन, अटेरी गरे कानुनी कारवाही अघि बढाउने चेतावनी
यी हुन् त्रिविको दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थी (सूचीसहित)
यस्तो छ त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन (पूर्णपाठ)
उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तर पुस्तिका जले