काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट अवैध लागुऔषध कोकिन ३ किलो ४ सय ग्रामसहित भारतीय नागरिक मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय अब्दुस समाद जमाल मन्सुरी पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वारा अजरबैजानबाट काठमाडौँ आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ असार २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ