काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ । पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।
उनका अनुसार, इच्छुक व्यक्तिहरूबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने छ । त्यस्तै, उपनिर्वाचन सम्बन्धी सबै कार्यको नेतृत्व गर्ने गरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने
संविधान संशोधनमा रास्वपाको उल्टो कदम : बहसअघि कार्यदल, दलहरू अन्योलमा
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक