काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका प्रतिवादी राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमै पियनको काम गर्ने ३० वर्षीया कमलामाई १४० (परिवर्तित नाम) लाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप छ ।
पीडितको दिदीले बहिनीलाई बेचेको किटानी जाहेरी दिएपछि फरार भएका तिमल्सिनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ मा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगरबार पक्राउ गरेको हो ।
तिमल्सिनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ असार २०८२, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ