काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताएका छन् । बुधबार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारणले आवधिक योजनामा राखिएको लक्ष्य भन्दा पनि बजेट कम हुँदै आएको छ ।
नयाँ गभर्नर आएपछि निजी क्षेत्रले डिपार्चर होस् भन्ने चाहेको उनले बताए ।m‘नयाँ गभर्नरबाट निजी क्षेत्रले आशा धेरै गरेको छ । मौद्रिक नीति ल्याउँदै हुनुहुन्छ संयमित खालको ल्याउनुहोला । बढी लचिलो नहोस्,’ पुनले भने, ‘विगतमा लचिलो ल्याइएका कारण अहिलेसम्म असर परिरहेको छ । मौद्रिक नीतिले नियमनको पक्षलाई जोड दिओस् । सरकारले स्टार्टअपलाई जोड दिँदै आएको छ मौद्रिक नीतिले त्यता फोकस गरोस् ।’
उनका अनुसार मौद्रिक नीतिले सरकारका नीतिहरूलाई सर्पोर्ट गर्नुपर्छ । मुद्रास्फीति कम तर मजदुर गृहिणीले महसुस गर्न नपाएको अवस्था छ अहिले त्यतातर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्छ ।
मौद्रिक नीति खुकुलो सन्तुलित समग्र अर्थतन्त्रलाई चलायमान गर्ने खालको आउनुपर्ने उनले बताए । उनका अनुसार संघीयतामा मुलुक गएपछि हाम्रा वित्तीय संस्था अझै सोही अनुकूलका हुन सकेनन् ।
त्यसतर्फ समेत ध्यान आगामी मौद्रिक नीतिले दिन सक्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ असार २०८२, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह