काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै तत्काल बैठक राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै माओवादी केन्द्रका उपमहासचिव पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्ब बोलाउन ध्यानाकर्षण गराएका हुन् ।
‘नेपालै सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्रीज्यू हुनुहुन्छ । यसै हप्ता बोलाइएको सिनेटको बैठक आकस्मिक रूपले स्थगित गरियो’ उनले भने, ‘गत वर्ष पनि यस्तै प्रकारको घटना घटेको थियो ।’
उनले थपे, ‘तत्कालीन भिसीले सरकारको असहयोगका कारणले आफूले राजीनामा दिएको अनौपचारिक टिप्पणी पनि आएका छन् ।’ नेता पुनले त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर तुरुन्त निर्माण गर्न माग गर्दै सरकारसँग लाखौँ युवाको भविष्यप्रति उत्तरदायी बन्न आग्रह पनि गरे ।
‘म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु टीयू सिनेटको बैठक अविलम्ब राखियोस्, शैक्षिक क्यालेन्डर बनाइयोस् र लाखौँ युवाको शैक्षिक गुणस्तर सुधार गर्दै युवाको भविष्य सुनिश्चित गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।
नेता पुनले शिक्षा क्षेत्रको विकासका लागि सरकारलाई गम्भीर बन्न पनि आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह