एजेन्सी । अमेरिकाको टेक्सासस्थित ग्वाडालुप नदीमा आएको बाढीले ठुलो क्षति पुर्याएको छ । बाढीका कारण १०० भन्दा बढीको मृत्यु भइसकेको छ । ३० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् । खोजी तथा उद्धार टोलीहरूले बेपत्ताको खोजी कार्य तीव्र पारेका छन् । टोलीहरूले पानीको स्तर बढेको नदीमा ओर्लन र किनारमा जम्मा भएका रूखहरू हटाउन काम गरिरहेका छन् ।
टेक्सास हिल कन्ट्रीमा रहेको १०० वर्ष पुरानो क्रिश्चियन ग्रीष्मकालीन शिविर, मिस्टिकका सञ्चालकहरूले बाढीमा परी आफ्ना २७ जना शिविरकर्मी र सल्लाहकारहरूको मृत्यु भएको बताएका छन् । केर काउन्टीका अधिकारीहरूले पनि १० जना क्याम्पर र एक जना सल्लाहकार अझै बेपत्ता रहेको भनिरहेका छन् ।
उद्धार टोलीहरूले क्याम्प मिस्टिक र अन्य धेरै ग्रीष्मकालीन शिविरहरूबाट २८ बालबालिका सहित ८४ जनाको शव निकालेका छन् । अधिकारीहरूले मध्य टेक्सासका केही भागहरूमा वर्षाले बाढीको जोखिम निम्त्याउने बताएका छन् । अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइरहेका छन् ।
शुक्रबार ग्वाडालुप नदीमा आएको बाढी आएपछि नदी किनारमा बनाइएका शिविर र घरहरू ध्वस्त भएका थिए । अचानक आएको बाढीपछि मानिसहरू आफ्ना क्याबिन, पाल र ट्रेलरबाट बाहिर निस्किए । तैरिरहेका रूखका हाँगाहरूले उनीहरूलाई कारहरूको बीचमा माइलौंसम्म घिसार्दै लगे ।
केही मानिसहरूले रूखमा टाँसिएर आफ्नो ज्यान बचाए । नदी किनारमा गद्दा, रेफ्रिजरेटर र कूलर अड्किएका रूखहरूको थुप्रो थियो । ट्राभिस, बर्नेट, केन्डल, टम ग्रीन र विलियमसन काउन्टीमा मात्रै १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २४ असार २०८२, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
रसुवामा बाढी : उद्धारमा खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन