काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । गत बिहीबार छोटो समय बैठक बसेर स्थगित भएको थियो ।
आजको बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि पनि छलफल हुनेछ ।
युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् ।
अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् ।
त्यसपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको थियो । उनले आफूलाई पत्र नपठाएर नेताहरुले सञ्चार माध्यमबाट स्पष्टीकरण सोधेको भन्दै सचिवालय बैठकमै पुगेर जवाफ पत्र बुझाएकी छन् । सोही विषयमा आज छलफल हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय