तेहरान । इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ । अमेरिकी हमलाको जवाफमा यो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन् ।
तेहरानले कुनै पनि जहाजले यो जलमार्ग पार गर्न खोजेमा लक्षित गरिने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आइआरजीसी) र संयुक्त सैन्य कमान्डले जारी गरेको वक्तव्यमा भनिएको यस्तो चेतावनी दिइएको हो । वक्तव्यमा अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेकाले र हालैका हमलाका कारण स्ट्रेट अफ हर्मुजलाई पूर्ण नियन्त्रणमा लिइएको जनाइएको छ ।
यो जलमार्ग फारसको खाडीबाट विश्व बजारमा तेल र ग्यास निर्यात गर्ने मुख्य मार्ग हो । यो साँघुरो जलमार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो मात्रामा तरल प्राकृतिक ग्यास निर्यात हुन्छ । साउदी अरब, इराक, कुवेत, यूएई र कतार जस्ता प्रमुख तेल उत्पादक देशहरूको निर्यात यसै मार्गमा निर्भर छ ।
इरानले यसलाई बन्द गरेपछि तेल आपूर्ति ठप्प हुने र मूल्य आकाशिने अनुमान गरिएको छ । ब्रेन्ट क्रुडको मूल्य पहिले नै उच्च छ । पूर्ण बन्दले यसलाई १५०–२०० अमेरिकी डलर प्रति ब्यारेलसम्म पु¥याउन सक्ने विश्लेषकहरूले अनुमान गरेका छन् । यसले विश्वव्यापी मुद्रास्फीति बढाउने र आर्थिक मन्दी निम्त्याउने जोखिम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ जेठ २०८३, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी हेलिकप्टर खसालेपछि इरानमाथि अमेरिकाको जवाफी आक्रमण
इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, विश्वमा तरंग
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
इरानसँग प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको घोषणा