काठमाडौं । रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले नागर्जुन पुगेर पार्टी सभापति रवि लामिछानेको सन्देश सुनाएका छन्।पार्टीको नागर्जुन नगर अधिवेशनलाई सम्बोधन गर्दै सभापति लामिछानेले कारागारबाट अविचलित भएर पार्टी निर्माणमा लाग्न आग्रह गरेको बताए।
उनले भने, ‘हामी अविचलित भएर पार्टी निर्माणमा गर्नुपर्छ, पार्टी सभापतिलाई भएको ज्यादतीको हामी हिसाबकिताब गर्नेछौँ, समय आउँछ, अहिले आत्तिनु पर्दैन। उहाँले कारागारमा बसेर आफ्नै खुट्टामा नअल्झिन सन्देश पठाउनुभएको छ। उहाँले आफूले कुनै गलत काम गर्दा पनि कारागारमा बस्नुपरेको सन्देश पठाउनुभएको छ। यो देश बनाउन, सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्य गर्नको लागि राजनीतिमा आए, म राजनीतिमा आएको कसैलाई पच्न सकेन त्यसैले म कारागारमा छु, त्यसको हिसाबकिताब समयमा गर्नेछु।’
उनले रवि लामिछाने कुनै व्यक्ति र पार्टीको नेता मात्रै होइन यो एउटा विचार भएको बताए। उनले थपे, ‘हामीले बैङ्कमा पैसा राख्दा ब्याज पाउँछौँ तर यो सरकारले रवि लामिछानेलाई कारागारमा राख्दा त्यसको स्याज तिर्नुपर्छ, ढिलो छिटो मात्रै हो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
रास्वपाको समानुपातिक उम्मेदवार बन्न आवेदन दिएकाहरूको नामावली सार्वजनिक
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
यी हुन् रास्वपा समानुपातिकतर्फ मधेश प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
रास्वपाको समानुपातिक सांसद बन्ने होड : आवेदन दिएका सातै प्रदेशका उम्मेदवारको सूची प्रकाशित
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो