काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेतृत्वको सरकारबारे निर्णय लिनको लागि दलको बैठक बोलाएका हुन्।
जसपा राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवका अनुसार आजको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय लिने बताए। उनले भने, ‘आज अध्यक्षले दलको बैठक डाक्नुभएको छ, आजको बैठकले सरकारबारे निर्णय लिन्छ। कार्यकारिणी समितिको बैठकले फिर्ता लिन यसअघि नै निर्देशन दिइसकेको छ, आजको बैठकले निर्णय गर्छ।’
उनले दलको बैठकले निर्णय गरेपछि आफूहरू सदनमा विपक्षीमा बस्ने पनि बताए। जसपा सांसद प्रकाश अधिकारीले पनि बैठक दिउँसो १ बजे बस्न लागेको बताए। उनका अनुसार बैठक पार्टी कार्यालयमा बस्नेछ। जसपा नेपालले ओली सरकार सरकार पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन बारे पुनः विचार गर्न संसदीय दललाई दुई साताअघि नै निर्देशन दिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ असार २०८२, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिदै
सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरुको लागि दुई दिवसीय प्रशिक्षण गर्दै जसपा नेपाल
जसपा नेपालको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज
जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै
जसपा नेपालको नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु