चितवन । जिल्ला गैसस महासंघ चितवनको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । निर्वाचित अध्यक्ष सुरेशकुमार अधिकारीलाई निवर्तमान कार्यवहाक अध्यक्ष चन्द्राकुमारी चौधरी, पूर्वअध्यक्षद्वय केदारनाथ खनाल, खगराज ओझाले पद हस्तान्तरण गरेका थिए । पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि गैसस महासंघ चितवनका केन्द्रीय सदस्य भीमप्रसाद शर्मा रहेका थिए ।
कार्यक्रममा पूर्वअध्यक्षहरु खगराज ओझा, केदारनाथ खनाल, केशव आचार्य, निर्वाचन मण्डलकी सदस्य विमला भट्टराईलगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा पूर्वअध्यक्षलगायत गैसस महासंघमा रहेर काम गरेका विशिष्ट व्यक्तित्व कमलराज खनाल, चन्द्राकुमारी चौधरीलगायतलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
जिल्ला गैसस महासंघ चितवनको नवौ अधिवेशनले सुरेशकुमार अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा पद्मा श्रेष्ठ, सचिवमा सहदेव लकान्द्री, सहसचिवमा पार्वती घिमिरे, कोषाध्यक्षमा निराजन गौलीको पनि पद हस्तान्तरण भएको थियो । सदस्यहरुमा प्रदीप अधिकारी, उर्मिला पाण्डे, रामहरि सेढाईं, रामचन्द्र आचार्य, गीता राई, मीनराज भण्डारीको पनि आज पद हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस