एजेन्सी । एजबास्टनमा जारी इंग्ल्याण्ड र भारतबिचको दोस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । ८४ रनमा ५ विकेट गुमाएको इंग्ल्याण्डले पुनरागमन गर्दै पहिलो इनिङ्समा ४०७ रन बनाएपछि तेस्रो दिनको खेल समाप्त हुँदा भारतले २४४ रनको अग्रता बनाउन सफल भएको छ ।
भारतले दोस्रो इनिङ्समा १ विकेटको क्षतिमा ६४ रन जोडेको छ । टोली पहिलो इनिङ्समा ५८७ रनमा अलआउट भएको थियो । हालसम्म यो खेलमा केही रमाइला रेकर्ड पनि बनेका छन् । हेरौँ त्यस्ता केही रेकर्डहरू :
६ - इंग्ल्याण्डको पहिलो इनिङ्समा शून्य रनमा आउट भएका ब्याट्सम्यानहरूको सङ्ख्या। इंग्ल्याण्डका लागि एक इनिङ्समा यति धेरै खेलाडी डक आउट भएको यो पहिलो अवसर हो।
भारतले टेस्ट क्रिकेटमा छ जना ब्याट्सम्यानलाई शून्य रनमा आउट गरेको यो दोस्रो पटक हो। यसअघि सन् १९९६ मा भारतले दक्षिण अफ्रिकाका ६ जना ब्याटरलाई शून्य रनमा पभेलियन फर्काएको थियो ।
४०७ - एजबास्टनमा इंग्ल्याण्डको कुल स्कोर । ३०० भन्दा बढी रनको साझेदारी भएर पनि इंग्ल्याण्डले अलआउट भएर बनाएको सबैभन्दा कम स्कोर हो । यसअघि सन् १९९९ मा किङ्गस्टनमा अष्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजले बनाएको ४३१ रन सबैभन्दा कम स्कोर थियो।
इंग्ल्याण्डको यो स्कोर दुई ब्याट्सम्यानले १५० भन्दा बढी रन बनाएको इनिङ्समा पनि सबैभन्दा कम हो। यसअघि सन् १९६८ मा जर्जटाउनमा इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजले बनाएको ४१४ रन सबैभन्दा कम स्कोर थियो थियो।
अर्कोतर्फ, छ जना शून्य रनमा आउट भएका नौ इनिङ्समध्ये इंग्ल्याण्डको कुल स्कोर सबैभन्दा उच्च हो। पाँच वा सोभन्दा बढी ब्याटर शून्य रनमा आउट भए पनि ४०० भन्दा बढी रन बनाएको इतिहास एक पटक मात्र छ । सन् २००८ मा बङ्गलादेशविरुद्ध दक्षिण अफ्रिकाले ४२९ रन बनाएको थियो।
१८४- भारतविरुद्ध ज्यामी स्मिथको स्कोर । टेस्ट क्रिकेटमा इंग्ल्याण्डका विकेटकिपरले बनाएको यो सर्वाधिक स्कोर हो। यसले एलेक्स स्टुअर्टले सन् १९९७ मा अकल्याण्डमा न्युजिल्याण्डविरुद्ध बनाएको १७३ रनको कीर्तिमानलाई पछि पारेको छ।
स्मिथको नटआउट १८४ रन इंग्ल्याण्डका लागि सातौँ वा सोभन्दा तलको क्रममा बनाइएको सर्वाधिक स्कोर हो ।स्मिथले आफ्नो इनिङ्स तेस्रो दिनको बिहान सुरु गरेका थिए । उनले ८० बलमा शतक पूरा गरे । यो इंग्ल्याण्डका लागि संयुक्त रूपमा तेस्रो द्रुत शतक हो र इंग्ल्याण्डले र भारतबिचको टेस्टमा सबैभन्दा छिटो शतक हो। यसअघि सन् १९८२ मा कानपुरमा कपिल देवले ८६ बलमा बनाएको शतक सबैभन्दा छिटो थियो।
३०३ - ह्यारी ब्रुक (१५८ रन) र स्मिथबिच भएको साझेदारी इंग्ल्याण्डलेका लागि छैटौँ विकेटका लागि बनेको दोस्रो ठुलो साझेदारी हो। टेस्टमा छैटौँ विकेटका लागि ३०० भन्दा बढी रनको साझेदारी गर्ने तिनीहरू मात्र नवौँ जोडी हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ असार २०८२, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कप्तान गिलको शतकको सहयोगमा भारत बलियो
रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित
रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता
भारतले गण्डकीका ७ स्वास्थ्य संस्थालाई दियो एम्बुलेन्स
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै