एजेन्सी । लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको खर्च सम्बन्धी विधेयक पारित गरेको छ।
संसदमा भएको मतदानमा २१८ मतका साथ सो विधेयक पास भएको हो। विधेयकको विपक्षमा २१४ मत परेको थियो। यसअघि सिनेटमा यो विधेयक उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतको साथमा पास भएको थियो। अमेरिकी घरेलु राजनीतिमा यसलाई राष्ट्रपति ट्रम्पको ठुलो जितको रूपमा हेरिएको छ।
काँग्रेसको बजेट कार्यालयका अनुसार यो विधेयकले १० वर्षमा तीन दशमलव ३ ट्रिलियन अमेरिकी डलर थप घाटा हुनेछ। साथै दशौँ लाखको स्वास्थ्य सुविधामा यसले असर गर्ने छ।
ट्रम्पले भने यो विधेयक आएपछि देश रकेटको गतिमा अघि बढ्ने बताए। ४ जुलाइमा आयोजना हुने समारोहमा उनले कानुनको रूपमा हस्ताक्षर गर्ने जनाइएको छ।
यसअघि ट्रम्पकै दल रिपब्लिकका धेरै सांसदले विधेयकको विरोधमा आवाज उठाउँदै आएका थिए । विधेयक पारित गर्ने समयमा भने दुई जना बाहेक अन्य सबैले उनलाई साथ दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले गरे भियतनामसँग व्यापार सम्झौताको घोषणा
इजरायल गाजामा ६० दिन युद्धविराम गर्न सहमत भयो : ट्रम्प
मैले खामेनीलाई मृत्युबाट बचाएँ : ट्रम्प
अमेरिकी संसद्मा ट्रम्पलाई महाभियोग लगाउने प्रयास भारी मतले असफल
'ट्रम्पले प्रतिकूल परिणाकाे जिम्मा लिनुपर्छ' : डेमोक्र्याटिक नेता हाकिम जेफ्रीज
पाकिस्तानले गर्यो ट्रम्पलाई नोबेल पुरस्कारका लागि मनोनित