काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलि जग्गा प्रकरणमा लागेको भ्रष्टाचारको अभियोग, समसामयिक राजनीति, निजामती विधेयकमा भएको चलखेलका विषयमा छलफल हुनेछ ।
यस्तै, पार्टी नेत्री रामकुमारी झाँक्रीलाई सोधिएको स्पष्टीकरणका विषयमा पनि छलफल हुने बताइएको छ ।
पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि अभियोग लागेपछि झाँक्रीले एक कार्यक्रममा नेतृत्वको आलोचना गर्दै अर्ली महाधिवेशनको माग गरेकी थिइन् ।
उनले मरेको सिनो काँधमा बोकेर हिँड्न नसक्ने टिप्पणी गरेपछि उनीमाथि पार्टीको केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय