काठमाडौं । कप्तान शुभमन गिलको शानदार व्याटिङका कारण इङ्गल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत बलियो अवस्थामा छ। पहिलो दिनको खेल सकिँदा भारतले ५ विकेटको क्षतिमा ३१० रन बनाएको छ।
कप्तान गिल ११४ रनमा अविजित छन्। भारतका यशश्वी जयसवालले ८७ रन जोडे। दोस्रो दिन ४१ रनमा खेलिरहेका रवीन्द्र जडेजाले गिललाई साथ दिने छन्।
इङ्ग्लिस कप्तान बेन स्टोक्सले लगातार दोस्रो टेस्टमा टस जितेर फिल्डिङ रोजेपछि भारतले १५ रन नजोड्दै के एल राहुलको विकेट क्रिस वोक्सले लिए। राहुलले दुई रन जोडे। ओक्सले ५९ रन खर्चेर दुई विकेट लिए। यस टेस्टमा स्टार बलर जसप्रित बुमराहलाई भारतले आराम दिएको छ।
पहिलो टेस्ट खेलेका साइ सुदर्शन र शार्दूल ठाकुर पनि दोस्रो टेस्टमा खेलाइएनन्। नितिस कुमार रेड्डी, आकाश दीप र वासिङ्टन सुन्दरले दोस्रो टेस्टमा मौका पाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ असार २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?