बसले मोटरसाइकललाई ठक्कर दिँदा कावासोतीमा दुई जनाको मृत्यु

शनिबार, ०८ मंसिर २०७५, १० : ४७
बसले मोटरसाइकललाई ठक्कर दिँदा कावासोतीमा दुई जनाको मृत्यु

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा  दुई जनाको मृत्यु भएको छ । 

ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दि“दा घाइते भएका मोटरसाइकलमा सवार दुबैजनालाई उपचारका लागि अस्पताल लैजाँदा एकको बाटोमै र अर्कोको अस्पताल पु¥याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–८ बस्ने २० वर्षीय अनिल पौडेल र गैँडाकोट–१ बस्ने १९ वर्षीय कृष्ण सापकोटा रहेका गैँडाकोट इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जोतेन्द्र भण्डारीले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस