एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तमा सहमति जनाएको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौँ।’ यद्यपि उनले सर्तका विषयमा कुनै विवरण दिएका छैनन्।
ट्रम्पले अगाडि लेखेका छन्, ‘कतार र इजिप्टले शान्ति स्थापना गर्न धेरै कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। मलाई आशा छ- हमासले यो सम्झौता स्वीकार गर्नेछ। किनभने यसले स्थितिलाई राम्रो बनाउँदैन, झनै खराब बनाउनेछ।’
सुरुमा २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ असार २०८२, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता