एजेन्सी । इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।
सोमबार भएको दिवा रात्रि खेलमा भारतले दिएको २९१ रनको लक्ष्य इङ्गल्यान्डले तीन बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पुरा गरेको हो।
इङ्गल्यान्डका थोमस रेउले सानदार ब्याटिङ गर्दै ८९ बलमा १३१ रन जोडे। उनको पारीका १६ चौका र ६ छक्का समावेश थियो।
भारतका अम्ब रिसले चार विकेट लिए पनि यसका लागि १० ओभरमा ८० रन खर्चिए। युद्ध जित गाहाले दुई विकेट लिए। हेनिन पटेलले प्रभावकारी बलिङ गर्दै १० ओभरमा २८ रन मात्र खर्चिएर दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २९० रन बनाएको थियो। भ्रमणकारी टोली भारतका लागि विहान मलहोत्राले ४८, राहुल कुमारले ४७, कनिश्क चौहानले ४५ तथा वैभव श्रीवास्तवले ४५ रन जोडे। श्रीवास्तवले ३४ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे।
इङ्गल्यान्डका एलेक्स फ्रेन्चले १० ओभरमा ७१ रन खर्चेर चार विकेट लिए। उसका लागि ज्याक होम र एलेक्स ग्रिनले समान तीनतीन विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, १० दिनमा तेस्रो पटक वृद्धि
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त