एजेन्सी । इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।
सोमबार भएको दिवा रात्रि खेलमा भारतले दिएको २९१ रनको लक्ष्य इङ्गल्यान्डले तीन बल बाँकी रहँदा ९ विकेटको क्षतिमा पुरा गरेको हो।
इङ्गल्यान्डका थोमस रेउले सानदार ब्याटिङ गर्दै ८९ बलमा १३१ रन जोडे। उनको पारीका १६ चौका र ६ छक्का समावेश थियो।
भारतका अम्ब रिसले चार विकेट लिए पनि यसका लागि १० ओभरमा ८० रन खर्चिए। युद्ध जित गाहाले दुई विकेट लिए। हेनिन पटेलले प्रभावकारी बलिङ गर्दै १० ओभरमा २८ रन मात्र खर्चिएर दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २९० रन बनाएको थियो। भ्रमणकारी टोली भारतका लागि विहान मलहोत्राले ४८, राहुल कुमारले ४७, कनिश्क चौहानले ४५ तथा वैभव श्रीवास्तवले ४५ रन जोडे। श्रीवास्तवले ३४ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरे।
इङ्गल्यान्डका एलेक्स फ्रेन्चले १० ओभरमा ७१ रन खर्चेर चार विकेट लिए। उसका लागि ज्याक होम र एलेक्स ग्रिनले समान तीनतीन विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ असार २०८२, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी