काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर कमिटी घोषणा भएको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठसँग असन्तुष्ट पक्षले समानान्तर कमिटी घोषणा गरेको हो ।
असन्तुष्ट पक्षले नरेश न्यौपाने अध्यक्ष र प्रकाश श्रेष्ठ महासचिव रहेको पदाधिकारीसहित १६७ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको छ । समानान्तर कमिटीको बैठकले संसद विघटनलगायतका घोर प्रतिगामी षड्यन्त्रविरुद्ध नेतृत्वदायी भूमिका निर्वाह गर्दै विद्रोहको नेतृत्व गरेको मातृ पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि सरकारले साँधेको प्रतिशोध र षड्यन्त्रविरुद्ध एकताबद्ध रूपमा प्रतिरोध एवं प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ ।
आगामी असार २१ गते बस्ने पदाधिकारी बैठकबाट सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने, पहिलो पदाधिकारी बैठकबाट केन्द्रीय कमिटीको एक तिहाइ हुने गरी केन्द्रीय सचिवालय गठन गरिने र केन्द्रीय कमिटीको बैठक साउन पहिलो हप्ता काठमाडौंमा आयोजना गरिने निर्णयसहितको सकुर्लर पठाइएको छ ।
प्रदेश, जिल्ला, क्याम्पस कमिटी तथा राष्ट्रिय कमिटीका सम्मेलनहरू आगामी साउन १५ गतेभित्र सम्पन्न गर्ने, अनेरास्ववियूको केन्द्रीय महाधिवेशन यथाशीघ्र गर्ने, तर महाधिवेशनको मिति तथा संगठनमा उमेर हदसम्बन्धी निर्णय केन्द्रीय कमिटी बैठकबाट गरिने पनि निर्णय गरेको सर्कुलरमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ असार २०८२, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय