बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

सफल खबर संवाददाता

आइतबार, १५ असार २०८२, १५ : ३१
बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६.५३ अंक (१.०२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ । १८५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो ।

कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । शक्तिशाली सेक्टर नै उच्च दरले बढेपछि नेप्से परिसूचकमा राम्रो वृद्धि देखिएको हो ।

त्यस्तै विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशत बढे

एउटा समूह उत्पादन तथा प्रशोधन मात्रै ऋणात्मक रह्यो

प्रतिक्रिया दिनुहोस