काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गरेका छन । सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले अनौपचारिक रुपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । उनीहरुलाई करको दायरामा ल्याउनुपर्ने बताए । सम्पती शुद्धिकरण गर्नेकुरा नराम्रो भएको बताए । नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परेको बताउँदै सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गरे । अवैध कारोबार रोक्नको लागि करका दरहरुलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने बताए ।
उनले भने, ‘करको दायरामा सबै आउनुपर्छ । अर्थ समितिले कहाँ कहाँ अनौपचारिक कारोबार भइरहेको छ, त्यो ठाउँमा सरकार, सरकारका निकायहरुले कडाई गर्नुपर्छ । करको दायरामा ल्याउनुपर्छ । सम्पती शुद्धिकरण गर्नेकुरा नराम्रो कुरा हो । कालोधनलाई सेतो बनाउनुलाई हामी सम्पती शुद्धिकरण भन्छौँ । लिगल वा भ्यालिड खालको बिजनेसलाई प्रोत्साहन गर्नुपर्छ । नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परे । के कारणले परे भने अहिले करका दर हेरफेरका कारण परे । यो अव्यवहारिक भयो, जसले छिमेकी बजारसम्म, छिमेकी देशका बजारहरुसँग हाम्रो मिलेन र अवैध कारोबार हुने भयो । यो अवैध कारोबार रोक्नको लागि हामीले हाम्रो करका दरहरुलाई पनि छिमेकी बजारसँग मिलाएर हेर्नुपर्छ, त्यसलाई व्यवहारिक बनाउनुपर्छ । वैज्ञानिक बनाउनुपर्छ । करको दर हेरेफेर संसदमा विचाराधिन नै छ विधेयक । कि त हामीले उपसमिति अध्ययनको लागि बनाउनुपर्छ । सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न ।’
करका दरलाई व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकारका कारण मुलुकमा बेथिति र भ्रष्टाचार बढेको छः वर्षमान पुन
जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागवण्डामा बन्धकी बनाइएको भन्दै वर्षमानको आक्रोश
स्थायी कमिटी बैठकमा पार्टीलाई एकताबद्ध गर्ने कोशिस गर्छौँ’: वर्षमान पुन
नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार हुँदैन: वर्षमान पुन
नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन : वर्षमान पुन
प्रचण्डकाे राजनीतिको ब्राण्ड भ्यालु राम्रो छ: वर्षमान पुन