काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न उपसमिति बनाउन माग गरेका छन । सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन । उनले अनौपचारिक रुपमा भइरहेको सुनचाँदी कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । उनीहरुलाई करको दायरामा ल्याउनुपर्ने बताए । सम्पती शुद्धिकरण गर्नेकुरा नराम्रो भएको बताए । नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परेको बताउँदै सुनचाँदीमा भएको करका दर हेरफेर अव्यवहारिक हुँदा समस्या आएको जिकिर गरे । अवैध कारोबार रोक्नको लागि करका दरहरुलाई पनि छिमेकी बजारसँग मिलाएर लैजानुपर्ने बताए ।
उनले भने, ‘करको दायरामा सबै आउनुपर्छ । अर्थ समितिले कहाँ कहाँ अनौपचारिक कारोबार भइरहेको छ, त्यो ठाउँमा सरकार, सरकारका निकायहरुले कडाई गर्नुपर्छ । करको दायरामा ल्याउनुपर्छ । सम्पती शुद्धिकरण गर्नेकुरा नराम्रो कुरा हो । कालोधनलाई सेतो बनाउनुलाई हामी सम्पती शुद्धिकरण भन्छौँ । लिगल वा भ्यालिड खालको बिजनेसलाई प्रोत्साहन गर्नुपर्छ । नेपालको सुनचाँदी व्यवसायीहरु मर्कामा परे । के कारणले परे भने अहिले करका दर हेरफेरका कारण परे । यो अव्यवहारिक भयो, जसले छिमेकी बजारसम्म, छिमेकी देशका बजारहरुसँग हाम्रो मिलेन र अवैध कारोबार हुने भयो । यो अवैध कारोबार रोक्नको लागि हामीले हाम्रो करका दरहरुलाई पनि छिमेकी बजारसँग मिलाएर हेर्नुपर्छ, त्यसलाई व्यवहारिक बनाउनुपर्छ । वैज्ञानिक बनाउनुपर्छ । करको दर हेरेफेर संसदमा विचाराधिन नै छ विधेयक । कि त हामीले उपसमिति अध्ययनको लागि बनाउनुपर्छ । सुनचाँदी, रत्न आभूषण व्यवसायीहरुको मर्काबारे अध्ययन गर्न ।’
करका दरलाई व्यवहारिक र वैज्ञानिक बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह