कैलाली । कैलालीको धनगढीमा सोमबार बिहान एक युवती मृत अवस्थामा फेला परेकी छन्।
धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा ३० वर्षीया रेनुका चौधरी मृत अवस्थामा भेटिएकी हुन।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार चौधरी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी हुन्।
उनी बैयाबेहडीमा कोठा भाडामा बस्दै आएकी थिइन्। कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा भित्र युवतीको शव फेला परेको डीएसपी सिंहले बताए।
घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी सिंहले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै