इरान । इरानले आक्रमणको बीसौं लहरमा आज पहिलोपटक खैबर-शाकान बहु-वारहेड ब्यालिस्टिक मिसाइल प्रयोग गरेको छ । इरानकाे इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको जनसम्पर्क कार्यालयले अपरेशन प्रमिस ३ को बीसौं लहर अन्तर्गत आज ४० वटा ठोस र तरल इन्धन क्षेप्यास्त्रहरूको प्रहार गरिएको जनाएको छ ।
यस अपरेशनमा एयरोस्पेस मिसाइलहरूको तेस्रो पुस्ताको खैबर-शाकान बहु-वारहेड ब्यालिस्टिक मिसाइल पहिलो पटक प्रयोग गरिएको थियो । जसले अझ सटीक, विनाशकारी र प्रभावकारी प्रहारको लागि नयाँ र आश्चर्यजनक रणनीतिहरू प्रयोग गरेको इरानले जनाएको छ ।
आज इजरायलको जैविक अनुसन्धान केन्द्र र वैकल्पिक कमाण्ड र नियन्त्रण केन्द्रहरू, बेन-गुरियन विमानस्थलमा निर्देशित क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानले जनाएको छ । ती क्षेप्यास्त्र अवतरणको समयमा वारहेडलाई चलाउन सक्षम थिए, प्रभावको क्षणसम्म निर्देशित थिए, र विभिन्न प्रकारका उच्च-विस्फोटक र विनाशकारी वारहेडहरूले सुसज्जित रहेको इरानक रिभोलुसनरी गार्ड कोर्प्सको दाबी छ । रिभोलुसनरी गार्ड कोर्प्सले इरानको सशस्त्र सेनाको क्षमताको मुख्य भागहरु अझै परिचालन नगरिएको भन्दै ती अझै घातक रहेकाे दावी गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ असार २०८२, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु