इरान । इरानले आक्रमणको बीसौं लहरमा आज पहिलोपटक खैबर-शाकान बहु-वारहेड ब्यालिस्टिक मिसाइल प्रयोग गरेको छ । इरानकाे इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको जनसम्पर्क कार्यालयले अपरेशन प्रमिस ३ को बीसौं लहर अन्तर्गत आज ४० वटा ठोस र तरल इन्धन क्षेप्यास्त्रहरूको प्रहार गरिएको जनाएको छ ।
यस अपरेशनमा एयरोस्पेस मिसाइलहरूको तेस्रो पुस्ताको खैबर-शाकान बहु-वारहेड ब्यालिस्टिक मिसाइल पहिलो पटक प्रयोग गरिएको थियो । जसले अझ सटीक, विनाशकारी र प्रभावकारी प्रहारको लागि नयाँ र आश्चर्यजनक रणनीतिहरू प्रयोग गरेको इरानले जनाएको छ ।
आज इजरायलको जैविक अनुसन्धान केन्द्र र वैकल्पिक कमाण्ड र नियन्त्रण केन्द्रहरू, बेन-गुरियन विमानस्थलमा निर्देशित क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानले जनाएको छ । ती क्षेप्यास्त्र अवतरणको समयमा वारहेडलाई चलाउन सक्षम थिए, प्रभावको क्षणसम्म निर्देशित थिए, र विभिन्न प्रकारका उच्च-विस्फोटक र विनाशकारी वारहेडहरूले सुसज्जित रहेको इरानक रिभोलुसनरी गार्ड कोर्प्सको दाबी छ । रिभोलुसनरी गार्ड कोर्प्सले इरानको सशस्त्र सेनाको क्षमताको मुख्य भागहरु अझै परिचालन नगरिएको भन्दै ती अझै घातक रहेकाे दावी गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ असार २०८२, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन