काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठक चलिरहँदा बीचमै बाहिरिएका छन् । प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गरेका विरोधमा रहेका उनीहरू बाहिरिएका हुन् । रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार, प्रतिपक्षी तर्फका सांसदहरूको छलफल सुनेपछि बाहिरिएका हुन् ।
‘दुई तिहाइको दम्भी आवाज किन सुन्ने भनेर हामी निस्कियौं,’ झाले भने, ‘प्रतिपक्षतर्फका १६ जना माननीयको आवाज सुन्यौं । सत्तापक्षको पालो आएपछि निक्यौं ।’
प्रतिनिधि सभामा रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर अवरोध गर्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि उनीहरूको छ । यी माग पूरा गर्न सरकार तयार नभएको भनेर रास्वपाले संसद् बैठक बहिष्कार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा