काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसद् बैठक चलिरहँदा बीचमै बाहिरिएका छन् । प्रतिनिधि सभाको बैठकमा वेल घेराउ गरेका विरोधमा रहेका उनीहरू बाहिरिएका हुन् । रास्वपाका कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार, प्रतिपक्षी तर्फका सांसदहरूको छलफल सुनेपछि बाहिरिएका हुन् ।
‘दुई तिहाइको दम्भी आवाज किन सुन्ने भनेर हामी निस्कियौं,’ झाले भने, ‘प्रतिपक्षतर्फका १६ जना माननीयको आवाज सुन्यौं । सत्तापक्षको पालो आएपछि निक्यौं ।’
प्रतिनिधि सभामा रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर अवरोध गर्दै आएको छ । यो प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग पनि उनीहरूको छ । यी माग पूरा गर्न सरकार तयार नभएको भनेर रास्वपाले संसद् बैठक बहिष्कार गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
रास्वपाले मनायो तेस्रो स्थापना दिवस