संसद्‍मा आज पनि रास्वपाको अवरोध

सफल खबर संवाददाता

शनिबार, १४ असार २०८२, १२ : ०९
संसद्‍मा आज पनि रास्वपाको अवरोध

काठमाडौं । आज पनि संसद्‍मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेको छ । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

सभामुखले समय दिएपछि रास्वपाका सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे । यही माग राखेर प्रतिपक्षी दलले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस