काठमाडौं । संसद्को अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेको भनिएको विषयमा अध्ययन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको छ ।
योसँगै अब संसद्को अवरोधबारे कस्तो नीति अवलम्बन गर्ने भनेर रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।‘अब संसद्को अवरोधलाई के गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले ‘छलफल गर्दैछौं’, भन्ने जवाफ दिए ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले संसद् अवरोध गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ । सुरुमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितले यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका थिए ।
३० जेठमा सत्तापक्षसँग दुई बुँदे सहमति गरेसँगै माओवादी संसद् अवरोधबाट पछि हटेको थियो । तर, गत जेठ १३ गतेदेखि नै रास्वपा र राप्रपाको अवरोध कायमै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० असार २०८२, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्मा आज पनि रास्वपाको अवरोध
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा
रास्वपाले मनायो तेस्रो स्थापना दिवस
रास्वपाले दिवङ्गत सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गर्ने
रास्वपाका सांसद निलो रिबन लगाएर संसदमा
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल