काठमाडौं। इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ परेका छन् । इरानको कोम प्रान्तको प्रहरीले शनिबार उनीहरूलाई पक्राउ गरेको फार्स समाचार एजेन्सीले जनाएको छ। पक्राउ पर्नेहरू जियोनिस्ट शासनको जासुसी नेटवर्कसँग सम्बन्धित छन् र उनीहरू जनमतविरुद्धको अपराधमा संलग्न रहेको आरोप लागेको समाचारमा भनिएको छ ।
यसअघि, तस्नीम समाचार एजेन्सीले बिहीबार, इजरायलको लागि जासुसी गरेको र देशको छवि बिगार्न खोजिरहेको आरोपमा २४ जना व्यक्तिलाई पक्राउ गरेको घोषणा गरेको थियो ।
सामान्यतया, इरानले पछिल्लो समयमा जासुसी गतिविधि र विरोधी अभियोगमा धेरैलाई पक्राउ गरी मृत्युदण्ड समेत दिएर कठोर कदम चालिरहेको छ ।
यसैक्रममा, नर्वेस्थित गैरसरकारी संस्था ‘इरान ह्युमन राइट्स’ले राष्ट्रव्यापी रूपमा कम्तीमा २२३ जनालाई जासुसी र सहयोगको आरोपमा पक्राउ गरिएको छ, र वास्तविक संख्या अझ बढी हुन सक्ने आशंका व्यक्त गरेको जनाएको छ । यो घटनाले इरानको सुरक्षा र आन्तरिक स्थिति प्रति विश्वको ध्यान आकर्षित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ असार २०८२, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ